काठमाडौँ । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन–जीहरू बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेका छन् । माइतीघरबाट सुरु भएको र्याली नयाँ बानेश्वर हुँदै संसद् भवनमा प्रवेश गरेको हो ।
प्रदर्शनकारीहरू संसद् भवनभित्र प्रवेश गरे लगत्तै जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा कर्फ्यु जारी गरेको छ । प्रशासनले अहिले अपराह्न १२ः३० बजेबाट नै कर्फ्यु जारी गरेको छ ।
निषेधित क्षेत्र तोडे प्रदर्शनकारी संसद् भवनभित्र प्रवेश गरेपछि प्रहरीले अश्रु ग्याससमेत प्रहार गरेको छ । साथै प्रहरीले केही राउन्ड हवाई फायरसमेत गरेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया