संसदीय सुनुवाइ समिति सभापति खतिवडाद्वारा शपथ ग्रहण

लोकपथ
140
Shares

काठमाडौं । संसदीय सुनुवाइ समिति सभापति रामहरि खतिवडाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार बिहान सभापति खतिवडालाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।  

राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवा विधेयकमा छेडखानी गरेको आरोपमा संसदीय छानबिन समितिले जिम्मेवार ठहराएसँगै समिति सभापतिबाट राजीनामा दिएका खतिवडा संसदीय सुनुवाइ समितिको सभापति निर्वाचित भएका थिए ।

संसदीय समिति सभापति ईश्वरीदेवी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापति बनेसँगै संसदीय सुनुवाइ समिति सभापतिको पद रिक्त थियो । रिक्त पदमा नेपाली काँग्रेसबाट खतिवडाको मात्रै उम्मेदवारी परेपछि खतिवडा संसदीय सुनुवाइ समितिको सभापति निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?