काठमाडौं । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहको मृत्यु भएको छ।
ज्यान मार्ने मुद्दामा अनुसन्धानका लागि तीन दिनदेखि हिरासतमा राखिएको थियो । अस्वस्थ भएपछि उपचारका लागि कोहलपुर मेडिकल कलेज पुर्याइएकोमा उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्युको कारणबारे भने प्रहरीले कुनै जानकारी दिएको छैन । सिंहलाई कति दिनको म्याद थपिएको थियो भन्नेबारे पनि प्रहरीले स्पष्ट विवरण सार्वजनिक गरेको छैन ।
घटनापछि मृतकका आफन्त इलाका प्रहरी कार्यालय कोहलपुरमा पुगेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया