काठमाडौं । संसदीय सुनुवाइ समितिको सभापतिमा निर्विरोध चयन भएका रामहरि खतिवडाले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार शपथ ग्रहण कार्यक्रम ११ बजे संघीय संसद् भवनस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा हुनेछ।
समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा गत शुक्रबार बसेको बैठकले खतिवडालाई सर्वसम्मत रुपमा सभापति घोषणा गरेको थियो ।
यसअघि समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि पद रिक्त भएको थियो ।
सभापति पदमा खतिवडाको एकल उम्मेदवारी परेको थियो । बैठकमा सांसद श्यामकुमार घिमिरेले खतिवडाको नाम प्रस्ताव गरेका थिए भने नेकपा (एमाले)का सांसद महेश बर्तौलाले समर्थन जनाएका थिए ।
खतिवडा यसअघि प्रतिनिधिसभाको राज्य व्यवस्था समिति सभापति रहिसकेका छन् । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विवादपछि गठन भएको छानबिन समितिले उनलाई नैतिक तथा राजनीतिक जिम्मेवार ठहर गरेपछि उनले त्यस पदबाट राजीनामा दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया