घाँस काट्दै गर्दा चट्याङ लागेर महिलाको मृत्यु

लोकपथ
119
Shares

काठमाडौं । सिराहा नगरपालिका–१९ जोगिया टोलमा आइतबार दिउँसो चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । खेतमा घाँस काट्दै गरेकी ५० वर्षीया सुलेनादेवी मण्डल चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।

 मौसम अचानक बदलिँदा परेको चट्याङ मण्डलमाथि परेको थियो । चट्याङ लागेपछि तत्कालै उनको मृत्यु भएको पुष्टि भएको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?