आजको मौसम : आज कुन-कुन स्थानमा पर्छ पानी ?

लोकपथ
7
Shares

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज  देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। सोमबार दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली र बाँकी भू(भागमा आंशिक बदली रहनेछ ।

यस क्रममा पहाडीका केही  भूभागका केही स्थानहरूमा र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशको पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी पहाड र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी र तराइ भूभागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?