काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले सोमबार आन्दोलनमा उत्रिन लागेको जेनजी पुस्ताको समूहको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।
भोलि हुने आन्दोलनलाई सत्तामा बसेर जनताको मतलब नगर्ने र नयाँ पुस्ताको सोचनाइबिचको फरक रहेको तर्क गरे ।
सामाजिक सञ्जालमा लेख्दै डा. कोइरालाले जेनजी पुस्ताको आवाज सुन्ने हिम्मत गर्न समेत सरकारलाई आग्रह गरेका छन् । साथै यदी सरकारले उनीहरुको आवाज दबाउन खोजेमा पछुताउनुको कुनै विकल्प नहुने बताए ।
‘राजनीतिक दाउपेचको खासै मतलब नगर्ने, देश मै बसेर केही गर्छु भन्ने ूजेनजिू पुस्ताका होनाहार युवाहरु सरकारको सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रनु सरकारमा बसेका र उनीहरुको बिचको सोचाईको अन्तर हो । उनीहरुको आवाज सुन्ने हिम्मत गरौँ र आफुलाई परिवर्तन गरौं । नत्र पछि पछुताउनुको विकल्प पनि बाँकी रहन्न,’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया