काठमाडौं । जेनजी पुस्ताले सोमबार काठमाडौंमा गर्न लागेको आन्दोलनबारे अभिनेता अनमोल केसीले समर्थन जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अनमोलले सामाजिक सञ्जाल रोके पनि नागरिकहरु चुप लागेर नबस्ने बताएका हुन् । सरकारले स्वतन्त्र अभिव्यक्ति र आवाजलाई दबाउन खोजेमा अझ ठूलो आवाजमा जनता सडकमा निस्किने बताए ।
‘हामी नेपाली नागरिकहरू चुप लागेर बस्दैनौं । सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति र हाम्रो आवाजलाई दबाउन खोजिन्छ भने हामी अझ ठूलो आवाजमा उठ्छौं । हाम्रो अधिकार कोही रोक्न सक्दैन । हाम्रो आवाज दबिँदैन,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।
खासगरी भ्रष्टीकरणतर्फ गइरहेको राजनीति र सरकारले हालै गरेको सामाजिक सञ्जाल बन्दका कारण सेप्टेम्बर ८ मा जेनजी पुस्ताले स्वतस्फुर्त रुपमा आन्दोलनको घोषणा गरेका छन् । युवा पलायनताको अवस्था र त्यसले थपेको नैराश्यताका कारण नै युवाहरुले लामो समयदेखि असन्तुष्टि जनाउँदै आइरहेका छन् ।
जेनजी पुस्ताले गर्न लागेको आन्दोलनलाई कतिपय राजनीतिक दलका नेताहरुले समेत समर्थन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया