एभरेष्ट महिला भलिबल लिग : काठमाडौं स्पाईकर्सको पहिलो जित

लोकपथ
63
Shares
Volleyball spike hand block over the net

पोखरा । एभरेष्ट महिला भलिबल लिगमा काठमाडौं स्पाईकर्सले पहिलो जित हात पारेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको खेलमा काठमाडौंले मधेस युनाइटेडलाई ३–१ सेटले पराजित गर्‍यो ।

काठमाडौंले पहिलो सेट २६–२४ ले जितेको थियो भने दोस्रो सेट २३–२५ ले मधेसलाई सुम्पिएको थियो । तर तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै काठमाडौंले क्रमशः २५–२३ र २५–१९ ले विजय दर्ता गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो ।

यसअघि काठमाडौं र मधेस दुवै टोली पहिलो खेलमा ललितपुर क्विन्ससँग पराजित भएका थिए । मधेसले भने दोस्रो खेलमा शनिबार पोखरा निन्जाजलाई हराएको थियो ।

आजै हुने दोस्रो खेलमा पोखरा निन्जाज र लुम्बिनी लाभाज आमनेसामने हुनेछन् । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी यो लिग भदौ २८ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?