काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्रालयले सामाजिक सञ्जाल चलाउनका लागि भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न आग्रह गरेको छ ।
सरकारले फेसबुक लगायत २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरु निस्कृय गर्न निर्देशन दिएको थियो । तर सरकारको निर्देशन विपरित भीपीएन लगायत अन्य माध्यमबाट निर्वाध रुपमा फेसबुक चल्न थालेपछि मन्त्रालयले त्यसबाट सामाजिक सञ्जाल नचलाउन भनेको हो ।
‘नेपाल सरकारको निर्णय बमोजिम सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरुलाई नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल तथा इन्टरनेट सेवा प्रदायक मार्फत् ती सामाजिक सञ्जालहरुको पहुँच निषेध भैसकेको हुँदा त्यस्ता सञ्जालहरुको पहुँच प्राप्त गर्न असुरक्षित, अनाधिकृत, जोखिमयुक्त भर्चअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न–नगराउन समेत अनुरोध छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सर्वोच्च अदालतको आदेशको हवला दिँदै सरकारले सामाजिक सञ्जाल निष्क्रिय गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रता खोस्न नखोजेको भन्दै आफ्नो बचाउ गरिएको छ । साथै अव्यवस्थित रुपमा रहेको सामाजिक सञ्जाललाई व्यवस्थित बनाउन खोजेको मन्त्रालयले भनेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया