मिटर ब्याजपीडित फेरि आन्दोलनमा

लोकपथ
49
Shares

काठमाडौं । मिटर ब्याजपीडितहरू आफ्ना माग सम्बोधन नभएको भन्दै पुनः आन्दोलनमा उत्रिएका छन् । सरकारले बेवास्ता गरेको भन्दै आइतबार उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

मिटर ब्याजविरुद्ध संघर्ष समितिको अगुवाइमा गरिएको प्रदर्शनमा सहभागी पीडितहरूले जाली तमसुक खारेज गर्नुपर्ने र मिटर ब्याज साहुलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।

त्यसैगरी, मिटर ब्याज तिर्न नसक्दा गुमेका जग्गा–जमिन फिर्ता दिनुपर्ने माग समेत उनीहरूले अघि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?