निजामती सेवा दिवसमा सर्वसाधारणको गुनासो : ‘हाकिम होइन, सेवक बनून् कर्मचारी’

लोकपथ
42
Shares

काठमाडौं । आज नेपालभर विभिन्न कार्यक्रमसहित निजामती सेवा दिवस मनाइएको छ । तर, यस अवसरमा सेवाग्राही सर्वसाधारणले निजामती प्रशासनप्रति गुनासो पोखेका छन् ।

नागरिकका अनुसार देशमा स्थायी सरकारको रूपमा रहेको निजामती प्रशासनले अझै पनि सहज र समयमै सेवा दिन सकेको छैन । उल्टै, ढिलासुस्ती, लापरबाही र गैरजिम्मेवारीपन नै कर्मचारीतन्त्रको पहिचानझैँ बनेको जनगुनासो छ ।

सर्वसाधारणले नेपालको निजामती सेवामा राजनीतिक हस्तक्षेप अत्यधिक रहेको उल्लेख गर्दै त्यसकै कारण समयमा काम सम्पन्न नहुने र सेवाग्राहीले समस्या भोग्नुपरेको बताए । उनका अनुसार कर्मचारी नेताको चाकडी गर्न र व्यक्तिगत लाभ खोज्न व्यस्त हुने गरेका छन्, जसले गर्दा सेवामुखी प्रणाली कमजोर भएको छ ।

एक सेवाग्राहीले भने, ‘कर्मचारीले आफूलाई जनताको सेवकभन्दा नेताको अनुयायी ठानेका छन् । केही प्रतिशत राम्रा कर्मचारी पनि राजनीतिक दबाबका कारण स्वतन्त्र रूपमा सेवा दिन सक्दैनन् । यसैले देशमा सुशासन आउन सकेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?