काठमाडौं । कुनै समय थियो, गाडी भन्ने बित्तिकै डिजेल सँगसँगै जोडिएर आउँथ्यो । डिजेलपछि बिस्तारै पेट्रोलमा रूपान्तरण भएका सवारीसाधन पछिल्ला समय जिरो इमिसन अर्थात् धुवाँरहित इन्धनका रूपमा ईभीमा रूपान्तरण हुँदै गएका छन् ।
नेपालमा पछिल्लो तीन वर्षको तथ्यांक हेर्ने हो भने ईभी गाडीको आयात प्रत्येक वर्ष बढिरहेको छ । प्यासेन्जर भेइकल अर्थात् साना कारहरूको कुरा गर्ने हो भने त ८० प्रतिशतभन्दा बढी कारहरू ईभी कारका रूपमा रहेका छन् । वातावरण प्रदूषण न्यूनीकरण, न्यून सञ्चालन खर्च आदि कारणले ईभी गाडीलाई धेरैले आफ्नो रोजाइमा पारेका छन् ।
नेपालमा अहिले विभिन्न ब्रान्ड र मोडलका गाडीहरू निकै भित्रिएका छन्, जसमा इन्धन र इलेक्ट्रिक दुवै गाडीहरू रहेका छन् । यही गाडीको जमातमा नेपालमा अटोमोबाइल बजार पछिल्ला केही वर्षयता उल्लेखनीय रूपमा रूपान्तरण हुँदै आएको छ । इन्धनबाट चल्ने गाडीको तुलनामा इलेक्ट्रिक भेहिकलहरुको बजार तीव्र गतिमा विस्तार भएको देखिन्छ ।
सन् २०२२ भन्दा अघि नेपालमा करिब ८० प्रतिशत आइस अर्थात् इन्धनबाट चल्ने गाडी र २० प्रतिशत मात्र ईभी गाडी रहेको थियो । तर पछिल्ला तीन वर्षमा यसमा व्यापक परिवर्तन भएको छ । आयातका हिसाबले ५० प्रतिशत गाडी त ईभीमै आउन थालेका छन् भने प्यासेन्जर भेइकल त करिब ८० प्रतिशतभन्दा बढी ईभी भेइकल रहेका छन् ।

जीएसी आओन, एक्सपेंग, स्मार्ट लगायतका इलेक्ट्रिक कारको आयात र विक्री गर्ने सिजी मोटर्सका सेल्सतर्फका जनरल म्यानेजर सुशील क्षेत्रीका अनुसार सन् २०२२ भन्दा अघि ८० प्रतिशत आइस र २० प्रतिशत मात्रै ईभी गाडी थियो । त्यसपछि क्रमशः ७०-३० भयो, २०२४ मा पहिलो पटक ५०-५० मा पुगेको हो । अहिले भने फेरि ईभी बजार ७० प्रतिशतमा पुगेको छ र आइस ३० प्रतिशतमा झरेको छ ।
हेर्नुहोस् बिगत ६ वर्षमा नेपालमा ईभी र इन्धनबाट चल्ने सवारीको आयातको अवस्था (इन्फोग्राफिक्समा)
Nepal’s Electric Vehicle Revolution
A visual analysis of the dramatic shift from ICE vehicles to EVs over the past 6 years
EV imports have seen exponential growth, reaching 13,569 units in 2024/25, while ICE vehicle imports have declined to just 2,500 units. This represents a 5,747% increase in EV imports since 2019/20, while ICE imports declined by 76% over the same period.
EVs captured over 84% of the market in 2024/25, up from just 2.3% in 2019/20. Nepal now has one of the highest EV market shares globally, with the majority of new passenger vehicles being electric.
The value of EV imports has skyrocketed, reaching NPR 28.5 billion in 2024/25, while ICE vehicle import value declined to NPR 22.4 billion.
Most imported EVs (74.5%) fall in the 51-100 kW range, with smaller vehicles dominating the market due to favorable tax policies.
Electric three-wheelers dominated imports with 16,505 units, followed by passenger cars at 13,578 units.
Conclusion
Nepal has undergone one of the most rapid transitions to electric vehicles in the world, with EVs now dominating the market. This shift is primarily driven by government policies that favor EVs through tax incentives, growing environmental awareness, and the economic benefits of electric transportation. The data shows a clear and sustained trend toward electrification of Nepal’s vehicle fleet, with EVs capturing over 84% of the market in 2024/25.
क्षेत्रीका अनुसार नेपालको ईभी बजारमा करिब ९० प्रतिशत योगदान चाइनिज ईभीको छ भने बाँकी १० प्रतिशत मात्र भारतीय ब्रान्ड टाटा, महिन्द्रा लगायत कम्पनीको रहेको छ । चीनबाट आयात हुने ईभीको मूल्य, प्राविधिक क्षमता र सहज उपलब्धताका कारण नेपाली बजारमा आकर्षण बढ्दो क्रममा रहेको छ ।
खर्च बचत मुख्य आकर्षण
ईभी तर्फ ग्राहकको बढ्दो आकर्षणको मुख्य कारण भनेको खर्च बचत नै हो । इन्धनबाट चल्ने गाडीमा ४० देखि ५० लाख खर्च गर्ने ग्राहकले सञ्चालनका लागि पेट्रोल वा डिजेलमा समेत ठुलो रकम खर्च गर्नुपर्छ । तर सोही मूल्यमा आकर्षक डिजाइन र सुविधासहित पाइने ईभी गाडी किन्दा पेट्रोलमा खर्च गर्नु परेन ।
एक पटक फूल चार्ज गर्दा अधिकतम ७ सय रुपैयाँमा चार्ज हुने र एक पटक चार्ज गरेपछि ४ सय किलोमिटरसम्म यात्रा गर्न सकिने भएकाले यसमा आकर्षण बढ्दै गएको हो । अहिले त धेरै स्थानमा चार्जिङ स्टेसन रहेको र एक पटक चार्ज गर्दा २ सय देखि ५ सय किलोमिटरसम्म गुडाउन सक्ने क्षमताले गर्दा ईभी लामो दूरीका लागि पनि उपयुक्त देखिन थालेको छ ।
क्षेत्रीले भने, ‘६० लाखमा आइस गाडी किन्दा पछि त्यसमा पेट्रोल वा डिजेल हाल्नै पर्छ । तर त्यही मूल्यमा ईभी किन्दा भने ब्याट्री नै त्यसको मूल्यमा समेटिएको हुन्छ । त्यसैले दीर्घकालीन हिसाबमा ईभी नै सस्तो पर्छ ।’
क्षेत्री अगाडि थप्छन्, ‘ईभीमा आकर्षण बढ्नुको कारण भनेको मूल्य सस्तो हुनु र सञ्चालन खर्च कम हुनु नै हो ।’
सरकारको नीति र फाइनान्स सुविधा
ईभी बजार बढ्नमा सरकारी नीतिले ठुलो भूमिका खेलेको छ । पेट्रोल–डिजेलमा निर्भरता घटाउने उद्देश्यले सरकारले ईभीमा कर छुट, सब्सिडी र सहज फाइनान्सिङ सुविधा दिएको छ । हाल ईभी गाडी खरिद गर्दा ६० प्रतिशतसम्म फाइनान्स सुविधा पाइने भएकाले पनि यो गाडीमा आकर्षण बढेको छ ।
क्षेत्री भन्छन्, ‘पहिले त २० प्रतिशत डाउन पेमेन्टमै कार लैजान पाइन्थ्यो । अहिले ४० प्रतिशत डाउन पेमेन्ट र ६० प्रतिशत फाइनान्समा ईभी गाडी लैजान सकिन्छ । त्यस कारण पनि यो ग्राहकको रोजाइमा पर्न सफल भएको हो ।’
पोस्ट-कोभिड पछि मानिसमा बचतमुखी सोच
क्षेत्रीका अनुसार पोस्ट-कोभिडपछि उपभोक्तामा बचतमुखी प्रवृत्ति हाबी भएको छ । जिडिपी वृद्धि दर घट्नु, उत्पादकत्वमा गिरावट आउनु, सरकारको अनिश्चित नीति र समग्र अर्थतन्त्रमा अनिश्चितताले गर्दा उपभोक्ताले लगानीमा बढी सोचविचार गर्न थालेका छन् ।
‘आजको दिनमा मानिसहरूले बढी खर्च गर्नु भन्दा बचतमा ध्यान दिन थालेका छन् । ईभी रोज्नुको अर्को कारण यो पनि हो । थोरै लगानीमा दीर्घकालीन बचत सम्भव हुने भएकाले ईभीमा चाह बढेको छ’, उनले भने ।
विद्युत् आपूर्ति सहज
नेपालमा हाल विद्युत् आपूर्तिसमेत सहज रहेको छ । जलविद्युत उत्पादन निरन्तर बढ्दै गएको कारणले ईभीप्रति ग्राहकको आकर्षण क्रमशः बढ्दो छ । सरकारले पनि ईभीलाई प्रोत्साहन गर्ने नीति निरन्तरता दिइरहेको छ, जसले गर्दा अहिले मात्रै होइन, निकट भविष्यमा समेत ईभी बजार अझै बिस्तार हुने क्षेत्रीले बताए ।

क्षेत्रीका अनुसार आगामी दिनमा ईभी बजार स्थायी रूपमा वृद्धि हुने सम्भावना बलियो भएको छ । उनी भन्छन्, ‘नेपालमा व्यक्तिको आम्दानी स्थिर नभएकाले मानिसले खर्चभन्दा बढी बचतलाई प्राथमिकता दिन्छन् । यही कारणले गर्दा ईभी बजार विस्तार भएको हो । जलविद्युत र नीतिले निरन्तर साथ दिने हो भने यो प्रवृत्ति अझ बलियो हुनेछ’, उनले भने ।
जीवनस्तरमा वृद्धि
गाडी आजको जीवनशैलीमा दैनिक आवश्यक वस्तु बनेको छ । दैनिक कामकाज देखि सहज आवतजावतसम्म, यसले मानिसको जीवनलाई सजिलो बनाएको छ । अटोमोबाइल क्षेत्रमा लामो समय बिताएका क्षेत्री गाडीलाई अझै पनि धेरैले ‘लक्जरी’ भनेर बुझ्ने गरेको तर त्यो गलत धारणा भएको बताउँछन् । उनी भन्छन्, ‘गाडी विलासिता होइन, जीवनस्तर अनुसारको आवश्यकता हो ।’
क्षेत्रीका अनुसार आम्दानी अनुसारको रोजाइ मात्र फरक हुन्छ । ‘जो बाइक चढ्न सक्छ, ऊ बाइक चढ्छ । कमाइ बढ्दै गएपछि कारमा अपग्रेड हुन्छ । कोही २० लाखको कार चलाउँछ भने कोही ६० लाख वा दुई करोडको पनि । मोबाइलमा जस्तै कोही २० हजारको किन्छ भने कोही लाखौँको । यसलाई विलासिता भन्दा जीवनस्तरको सुधार भन्नुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया