काठमाडौं । बेथिती र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले गर्न लागेको आन्दोलनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले समर्थन जनाएका छन् ।
उनले आफूले जेनजीको आन्दोलनलाई पूर्ण रुपमा समर्थन गर्ने बताए । साथै आफूलाई जेनजीको इच्छा, उदेश्य, सोच बुझ्न मन रहेको बताउँदै भोलिका आन्दोलनमा आफ्नो स्वार्थको रोटी सेक्न कोही नजान आग्रह गरे । साथै आफूलाई जान मन भए पनि आफू उमेरका कारण मैदानमा उत्रिन नमिल्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर बालेनले जेनजीले कस्तो देश चाहन्छ ? त्यो हेर्न मन भएको भन्दै प्रश्न समेत गरेका छन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन् :
भोलीको र्याली स्पष्ट स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा , उद्देश्य , सोच बुझ्नु मन छ । भोलि यो स्वतफुर्त र्यालीमा कुनै पार्टी , नेता , कार्यकर्ता , सांसद , अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ , मेरो भरपुर समर्थन छ । प्रिय Gen z भन्नुस् तपाईँ हरुले कस्तो देश देख्न चाहनु हुन्छ ?
२८ वर्ष भन्दा कम उमेर समूहका युवायुवतीहरुलाई जेनजी पुस्ता भनिँदै आइएको छ । जेनजी पुस्ताले भोलि काठमाडौंको माइतीघरमा सरकारविरुद्ध आन्दोलन गर्दैछ । भ्रष्टाचार र बेथितिको विरुद्ध जेनजीले आन्दोलन गर्न लागेको हो । सरकारले फेसबुक बन्द गरेपछि टिकटकमा भने युवायुवतीहरुले सरकारविरुद्ध दबाबस्वरुपमा विभिन्न नाराहरु लगाइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया