केही टेन्डरहरूमा महिलालाई मात्रै प्रतिस्पर्धा गर्ने व्यवस्था मिलाइयोस् : महासंघ अध्यक्ष सिंह

लोकपथ
0
Shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण महिला व्यवसायीहरुलाई राज्यले प्रोत्साहन गर्न केही टेन्डरहरूमा महिलालाई मात्रै प्रतिस्पर्धा गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।  

नेपाल निर्माण व्यवसायी महासंघको निर्माण व्यवसायी महिला समन्वय समितिले आइतबार आयोजना गरेको निर्माण व्यवसायी महिला सशक्तीकरण विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

महिला बिचमा मात्रै केही टेन्डरहरूमा प्रतिस्पर्धा गर्ने व्यवस्था गरिएमा निर्माण व्यवसायी महिलाहरुलाई केही सहज हुने उनको भनाइ छ । उनले निर्माण व्यवसायीले पाउने पेस्कीको सुविधामा पनि महिला व्यवसायीलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

उनले विद्यमान ऐनले व्यवस्था गरेको २० प्रतिशतसम्म पेस्की दिने प्रावधान महिलाहरूको हकमा तुरुन्त लागू गर्न सरकारसँग माग गरे । उनकाअनुसार राज्यले निर्माण व्यवसायीलाई २० प्रतिशतसम्म पेस्की दिने ऐनमा व्यवस्था गरे पनि हाल १० प्रतिशत मात्रै पेस्की दिइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?