काठमाडौं । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार राना मन्त्री सवार गाडीले ललितपुरको हरिसिद्धिस्थित घुम्तीमा ११ वर्षीया बालिकालाई ठक्कर दिएको थियो ।
घाइते बालिकालाई हिजो नै ललितपुरको बी एण्ड बी अस्पतालमा २ घण्टाको उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
बालिकालाई ठक्कर दिने क्रममा गाडी रोकिएको थिएन, जसको कारण आलोचना भएको थियो । पछि एमालेले बालिकाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने प्रतिबद्धता जनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया