सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख १२ हजार पुग्यो

लोकपथ
168
Shares

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढ्दै नयाँ रेकर्ड कायम गरेको छ ।

आइतबार सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेर २ लाख १२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन सुन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि ऐतिहासिक उच्चस्तरमा पुगेको छ । आइतबार प्रतितोला २५ सय रुपैयाँ कायम भएको छ । यसअघि अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला २४ सय ९० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?