काठमाडौं । टिकटको मूल्यमा भएको अत्यधिक वृद्धिले महँगिएको दुबईको टुर प्याकेज केही सस्तिएको छ । पहिले १ लाख १५ हजार रुपैयाँसम्म पुगेको चार रात पाँच दिनको दुबई टुर अब ९० हजार रुपैयाँमै आइपुगेको हो ।
लाजिम्पाटमा कार्यालय रहेको कान्तिपुर होलिडेजले ४ रात ५ दिनको ‘अरबियन हब’ अर्थात् दुबईको लक्जरी टुर गराउन लागेको हो । होलिडेजले आफ्नो प्याकेज सार्वजनिक गर्दै दुईतर्फी हवाई टिकट, एयरपोर्ट पिक अप तथा ड्रप, भिसा शुल्क, होटेलको बास, क्रुज डिनर तथा डेजर्ट सफारी र बार्बिक्यु डिनरसहितको प्याकेज ९० हजारमै गराउन लागेको जानकारी दिएको छ ।
होलिडेजले दशैंलगत्तै फिक्स डिपार्चर गर्ने गरी अक्टोबर ९ अर्थात् असोज २३ गतेबाट ४ रात ५ दिनको दुबई टुरको प्याकेज सार्वजनिक गरेको हो ।
आकाश छुने गगनचुम्बी भवन, तीव्र गतिका कार, रात्रिकालीन जीवनशैली, विलासी होटेल र सौन्दर्यले भरिपूर्ण मरुभूमिको देश अर्थात् दुबई । कुनै समय नेपालीहरूको प्रमुख गन्तव्य रहेको दुबई केही समय अघिदेखि भ्रमणका लागि रोकिएको जस्तै थियो । नेपालीहरूलाई भिसामा कडाइ गर्नुका साथै टुर प्याकेज समेत महँगो भएकामा अब बिस्तारै प्याकेज सस्तिनुका साथै नेपालीलाई भिसा दिने प्रक्रिया पनि अगाडि बढेको थियो । यही मौकामा होलिडेजले ४ रात ५ दिनको टुर प्याकेज ल्याएको हो ।

यो प्याकेजमा पर्यटकले ५ दिनको अवधिमा दुबईको ऐतिहासिक, सांस्कृतिक र मनोरञ्जनात्मक पक्षको सम्पूर्ण अनुभव लिन सक्ने कम्पनीले जनाएको छ । पारिवारिक वा साथीभाइसँगको घुमघाम अथवा प्रेम जोडीको रोमान्टिक गेटवे लाई कान्तिपुर होलिडेजले अविस्मरणीय बनाउने दाबी गरेको छ ।
यो प्याकेजमा कम्पनीले दुबई सिटी टुर, धाउ क्रुज डिनर, डेजर्ट सफारी र बार्बिक्यु डिनर, तीन तारे होटेलमा ब्रेकफास्टसहितको बास, दुईतर्फी हवाई टिकट, भिसा शुल्क तथा प्रोसेसिङ चार्ज, ट्रान्सफर सुविधा उपलब्ध गराएको छ ।
यस्तो ५ दिने दुबई भ्रमणका यस्ता छन् डिटेल्स आइटीनरी
दिन १ (अक्टोबर ९) : काठमाडौंबाट दुबई प्रस्थान
दुबई भ्रमणको पहिलो दिन काठमाडौंबाट दुबईमा रहेको विमानस्थलमा अवतरण हुनेछ । त्यसपछि विमानस्थलमै रहेका एजेन्टले पर्यटकलाई होटेलमा पुराउनेछन् । त्यसपछिको पहिलो दिन स्थानीय घुमघाम वा आराम गर्न सकिनेछ ।
दिन २ (अक्टोबर १०) : बुर्ज खलिफाको भ्रमण, साँझ क्रुज डिनर

दुबई भ्रमणको दोस्रो दिन बिहान होटेलमा ब्रेकफास्ट गरेपछि आधा दिन दुबईको सिटी टुरका लागि लगिनेछ । सिटी टुरमा जुमेरिया मस्जिद, बुर्ज खलिफा, पाम आईल्यान्ड लगायत दुबईका प्रमुख पर्यटकीय स्थलहरूको भ्रमण गराइनेछ । सोही दिन साँझ धाउ क्रुज डिनरको अनुभव हुनेछ, जहाँ समुद्रमाथि जहाजमा बसेर संगीत, लाइट र स्वादिलो खानाका साथमा दुबईको रात्रिकालीन दृश्यको अवलोकन हुनेछ ।
दिन ३ (अक्टोबर ११) : डेजर्ट सफारी, बिबिक्यु डिनर

दुबई भ्रमणको तेस्रो दिन बिहान फुर्सदको समय हुनेछ । बिहान होटेलमा ब्रेकफास्ट गरेपछि केही समय आराम गर्ने वा स्थानीय ठाउँहरू घुम्ने गर्न सकिनेछ । दिनको समयमा भने सुनौलो मरुभूमिमा डेजर्ट सफारीका लागि लगिनेछ । डेजर्ट सफारीमा पर्यटकले उँट चढ्ने, स्यान्ड बोर्डिङ र त्यहाँको सांस्कृतिक नृत्य देखाइने तनुरा शोका साथै बेली डान्सको पनि मजा लिन सक्नेछन् । बेलुका टुर प्याकेजमै समावेश भएको बिबिक्यु डिनरको आनन्द लिन पाइनेछ ।
दिन ४ (अक्टोबर १२) : फ्री डे
दुबई भ्रमणको चौथो दिन फ्री डे अर्थात् फुर्सदको दिन हुनेछ । यस दिन पर्यटकले आफूले चाहेको गन्तव्य हेर्ने, सपिङ गर्ने वा स्थानीय जीवनशैलीको अनुभूति लिन सक्नेछन् । मुख्यतः दुबई न्यून कर रहेको वा अधिकांशमा कर छुट रहेको देश भएको कारण यहाँ मोबाइल, क्यामेरा, घडी लगायतका सामाग्री सस्तो मूल्यमा पाउने भएकाले सपिङ लगायतका समय खर्चनु उत्तम हुनेछ ।
दिन ५ (अक्टोबर १३) : नेपाल फिर्ती
दुबई भ्रमणको पाँचौँ दिन नेपाल फर्कने दिन हो । चार दिन दुबई भ्रमण गरिसकेपछि दुबईका अविस्मरणीय पललाई लिई तपाईँ नेपाल फर्कनुहुनेछ ।
प्याकेजमा के के समावेश छन् ?
कान्तिपुर होलिडेजले ९० हजार रुपैयाँमा उपलब्ध गराएको यो प्याकेजमा यी वस्तु वा सेवाहरू समावेश रहेको छ ।
– काठमाडौँ-दुबई-काठमाडौँ दुईतर्फी हवाई टिकट
– थ्री स्टार होटेलमा ब्रेकफास्टसहितको बास
– सिटी टुर, डेजर्ट सफारी र क्रुज डिनर तथा बिबिक्यु डिनर
– दुबई भिसा शुल्क तथा सेवा शुल्क
– एयरपोर्टबाट पिक अप र ड्रप
भिसाका लागि आवश्यक प्रक्रिया र कागजात :
– कम्तीमा ७ महिना भ्यालिडिटी भएको पासपोर्ट
– सेतो ब्याक ग्राउन्डमा हालसालै खिचिएको ३५X४५ को फोटो
– जोडी जाने भए विवाह दर्ताको प्रमाणपत्र
भिसा प्राप्त गर्न लाग्ने समय : ७ दिन
किस्ताबन्दीको सुविधा
दुबई घुम्न जान मन लागेको तर एकै पटक पूरै रकम तिर्न नसक्नेका लागि होलिडेजले किस्ताबन्दीमा भुक्तानी गर्ने सुविधासमेत ल्याएको कम्पनीले जनाएको छ । एक वर्षका लागि मासिक औसतमा ८ हजार ५ सय रुपैयाँका दरले भुक्तानी गर्ने गरी किस्ताबन्दीमा समेत दुबई घुम्न सकिने कम्पनीले जनाएको छ ।
*infomercial content
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया