काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सामान्य अवस्थामा रहे पनि पश्चिमतर्फ भने सरदरभन्दा दक्षिणतिर सरेको छ। साथै, सिक्किम आसपासमा विकसित भएको निम्न चापीय क्षेत्रको असर नेपालका पूर्वी भूभागमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसको प्रभाव स्वरूप कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्यतया बदली, भने बाँकी भूभागमा आंशिक बदली रहेको छ ।
दिउँसो देशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली हुने अनुमान गरिएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा र कोशी तथा कर्णालीका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।
आज राति पनि कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडमा मध्यम वर्षा र तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया