काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमाले गठबन्धन सरकारलाई बिचौलियाको दबाब र धम्कीले बनेको दाबी गरेका छन् ।
नेपाल उद्योग व्यापार महासंघले पोखराको लेकसाइडमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो । हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो । कांग्रेस–एमालेभित्रका इमानदार साथीहरूले यस्तो सरकारमा बस्नु हुँदैन ।’
सरकारप्रति आक्रामक टिप्पणी गर्दै उनले क्रोनी क्यापिटलिजम र दलाल पुँजीवादको प्रतिनिधित्व अहिले कांग्रेस र एमालेले गरिरहेको उल्लेख गरे । प्रचण्डले आफू मध्यम वर्गको प्रतिनिधि भएको र ऋण मिनाह, सहकारी सुधार तथा तल्लो वर्गको उत्थानमा माओवादी केन्द्र केन्द्रित रहेको बताए ।
सहकारी क्षेत्रमा भएको बचत अपचलनको विषयमा उनले कांग्रेस–एमालेका नेताहरू नै समस्या भएको आरोप लगाए । प्रचण्डले भने, ‘शक्तिशाली प्राधिकरणमार्फत ठगहरूलाई कारबाही गर्न खोज्यौँ, तर सरकार ढालियो। त्यसैले त्यो काम अघि बढ्न सकेन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया