मन्त्रीसवार गाडीको ठक्करबाट घाइते बालिका अस्पतालबाट डिस्चार्ज

लोकपथ
903
Shares

काठमाडौं । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना सवार गाडीले ललितपुरको हरिसिद्धिस्थित घुम्तीमा ठक्कर दिएको ११ वर्षीया बालिका अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

बालिकालाई ठक्कर दिने क्रममा गाडी रोकिएको थिएन, जसको कारण आलोचना भएको थियो । पछि एमालेले बालिकाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने प्रतिबद्धता जनाएको थियो ।

ललितपुर प्रहरी उपरीक्षक चक्र जोशीका अनुसार बालिकाको ठक्करबाट ठूलो चोट नलागेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?