कांग्रेसलाई गगनको सन्देश : ‘सरकारमा रहनु ठूलो कुरा होइन, डर र लोभबाट बाहिर आउनुस्’

लोकपथ
126
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा आबद्ध व्यक्तिहरूले गरेका गल्तीका लागि मात्रै जिम्मेवारी तय हुने र पार्टी आफैँ गलत नहुने बताएका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेसभित्र शुद्धीकरण आवश्यक रहेको पनि औँल्याए ।

महामन्त्री थापाले भने, ‘कांग्रेस स्थापनाकालदेखिकै राष्ट्रिय पार्टी हो । व्यक्तिले गरेका गल्ती पार्टीले भोग्दैन र जिम्मा लिँदैन, जसले गल्ती गर्छ त्यसैले भोग्नु पर्छ ।’

उनले बीपी कोइरालाका विचार आज पनि सान्दर्भिक रहेको भन्दै, पार्टी र अग्रज नेताहरूले बीपीको सिद्धान्तअनुसार काम गर्नुपर्नेमा जोड दिए ।

थापाले कांग्रेसले डर र लोभबाट मुक्त हुनुपर्ने भन्दै,‘कांग्रेस सरकारमा रहनु वा नरहनु ठुलो कुरा होइन । चुनावमा हार्छौँ कि भन्ने डरले गठबन्धन गरेर अर्काको चुनाव चिह्नमा भोट हाल्ने सहमति गर्नु पर्ने लोभबाट बाहिर निस्किनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?