राष्ट्रसेवकले सेवा प्रवाहमा कमी हुन नदिन सचेत हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

लोकपथ
42
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र सेवक कर्मचारीहरूले आफ्नो सेवा प्रवाहमा कुनै कमजोरी नआउनेगरी सचेत रहनुपर्नेमा जोड दिएकी छन् ।

शनिबार निजामती सेवा दिवसको अवसरमा चन्द्रलोक प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले, राष्ट्र सेवक कर्मचारीहरूको काम प्रभावकारी बनाउन सरकारले अनुगमन र मूल्यांकन प्रक्रिया कडाइका साथ लागू गर्नुपर्ने उल्लेख गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘निजामती क्षेत्र राज्यको महत्त्वपूर्ण अंग हो। सेवा प्रवाहको क्षेत्रमा यो राष्ट्रको पिलर हो। काममा कहिलेकाहीँ सानो कमजोरी आउन सक्छ, तर यसलाई मुख्य प्रवृत्तिको रूपमा लिनु हुँदैन। अनुगमन र मूल्यांकन आवश्यक छ। थोरै कमजोरी भए पनि रोकथाम गर्नु राष्ट्र सेवामा समर्पण हो । सुशासनको लागि ध्यान दिनुपर्छ।’

उनले राष्ट्र सेवक कर्मचारीहरूको योगदानलाई अवमूल्यन गर्नु हुँदैन भन्ने कुरा पनि जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?