मकवानपुरमा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी, ६२ वर्षीय वृद्ध पक्राउ

लोकपथ
294
Shares

मकवानपुर । मकवानपुरमा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् ।

बकैया गाउँपालिका–१ रजुवा बस्ने ६२ वर्षीय प्रेम बहादुर ध्यावालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनले ती बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरी दर्ता भएपछि इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?