राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार बनेको हो  : गृहमन्त्री लेखक

लोकपथ
112
Shares

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले राजनीतिक अस्थिरता अन्त्यका लागि वर्तमान सरकार गठन भएको बताएका छन् ।

शनिबार महाकाली प्रादेशिक अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा बोल्दै उनले विगतमा तीन–तीन महिनामै सरकार परिवर्तन हुने गरेको स्मरण गराउँदै राजनीतिक स्थायित्वका लागि अहिलेको सरकार बनेको स्पष्ट गरे ।

गृहमन्त्री लेखकले निजामती सेवा दिवसको अवसरमा सबै निजामती कर्मचारीलाई शुभकामना दिँदै स्थायी सरकारको भूमिकामा रहेका कर्मचारीहरूले राष्ट्र र जनतालाई केन्द्रमा राखेर सेवा गर्नुपर्नेमा जोड दिए ।

उनले वर्तमान सरकारले कानुन तथा नीतिगत सुधारलाई प्राथमिकता दिएको उल्लेख गर्दै भने, ‘२०७२ सालमा संविधान बने पनि निजामती सेवा विधेयक सदनबाट पारित हुन सकेको थिएन, तर अहिले निजामती सेवा, शिक्षा ऐनलगायतका विधेयक पारित हुने क्रममा छन् ।’

उनका अनुसार निजामती सेवा विधेयक यसै महिना सदनबाट पारित हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?