माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियान पुनः सुरु गर्ने

लोकपथ
168
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थगित रहेको मध्यपहाडी लोकमार्ग अभियान आजदेखि पुनः सुरु गर्ने भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार अभियानका लागि पोखरा पुगेका छन् । गत जेठ २ गते बैतडीको पाटनबाट सुरु गरिएको अभियान वर्षा सुरु भएसँगै जेठ १२ गते पोखरामा स्थगित गरिएको थियो ।

अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार स्थगित अभियान आज कास्कीको रुपा गाउँपालिका–१ स्यास्त्रीस्थित शहीद पार्कबाट पुनः सुरु हुनेछ । औपचारिक कार्यक्रम गरेर अभियानलाई अघि बढाइने सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?