माओवादी केन्द्र छाडेर काँग्रेस फर्किएका श्रेष्ठ पशुपक्षी मन्त्री

काठमाडौं, २१ कात्तिक । नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेपाली काँग्रेसमा फर्किएका विनाविभागीय मन्त्री शम्भुलाल श्रेष्ठले पशुपंक्षी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

शेरबहादुर देउवा सरकारमा उनले माओवादी केन्द्रबाट उर्जा राज्यमन्त्रीको जिम्मा लिएर सरकारमा गएका श्रेष्ठलाई अन्य माओवादी मन्त्रीसँगै जिम्मेवारी खोसेर केही समयअघि जिम्मेवारीबिहीन बनाइएको थियो ।

नेकपा (माओवादी केन्द्र) ले नेपाली काँग्रेससँगको सत्ता गठबन्धन तोड्दै नेकपा एमालेसँग तालमेल गर्दै पार्टी एकतासम्म अघि बढ्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीको जिम्मेवारी खोसेका थिए ।

सोही क्रममा विनाविभागीय मन्त्री बनेका श्रेष्ठ भने निर्वाचनमा मुखमा काँग्रेस प्रवेश गरेपछि जिम्मेवारी दिइएको हो । उनी नेपाली काँग्रेसबाट नै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । श्रेष्ठ सर्लाही–१ बाट काँग्रेसबाट उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?