पूर्वराष्ट्रपतिलाई राजनीतिमा फर्किन संविधानले रोक्दैन : देउवा

लोकपथ
1k
Shares
फाइल तस्बिर

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति राजनीतिमा फर्किन संविधानले रोक लगाएको छैन बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले संविधान संशोधन र राजनीतिक प्रक्रियासँग सम्बन्धित प्रश्नको जवाफ दिएका हुन् । 

पत्रकारले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किँदा संविधानको औचित्य सकिन्छ कि भन्ने प्रश्न गर्दा देउवाले भने, ‘वास्तवमा मलाई थाहा छैन, धेरै कुरा संविधानमा पाइन्छ भनिएको छैन, पाइन्न भनेको पनि छैन ।’

उनले संविधान संशोधनका लागि दुई तिहाइ मत आवश्यक हुने भएकाले आवश्यक मत जुटेपछि मात्र संशोधन प्रक्रिया अघि बढ्ने पनि स्पष्ट पारे । यसका लागि सम्बन्धित दलहरूसँग छलफल भइरहेको उनले जानकारी दिए।

देउवाले वर्तमान सरकारबाट मन्त्री फिर्ता नगर्ने बताउँदै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने विषयमा कुनै छलफल नभएको पनि उल्लेख गरे ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी हाल नेकपा एमालेको राजनीतिमा फर्किएकी छन्, तर पार्टीले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ । यसैगरी, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?