एनपीएलको ट्रफी टुर आजदेखि , ८ शहरमा लगिने

लोकपथ
105
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको ट्रफी टुर कोशी प्रदेशको विराटनगर किङ्सबाट सुरु हुने भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान) ले पहिलोपल्ट ट्रफी टुर आयोजना गर्दै फ्रेन्चाइज टोलीको शहरमा लगेर समर्थकसँग जोड्ने योजना बनाएको छ ।

ट्रफी टुर फ्रेन्चाइज टोली विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सका शहरहरूमा हुनेछ । ट्रफी टुर आजदेखि सुरु भएर कात्तिक २३ गतेसम्म चल्नेछ ।

क्यानका सचिव पारस खड्काले ट्रफी पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म पुर्‍याइने जानकारी दिएका छन् । पहिलो चरणमा कोशी प्रदेश, त्यसपछि मधेस प्रदेशको जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली हुँदै अन्त्य सुदूरपश्चिममा हुनेछ ।

क्यानले ट्रफीमा ग्लोबल वार्मिङ र वातावरण संरक्षणसम्बन्धी सन्देश जोडेको छ । ट्रफी कालापत्थरबाट ल्याइएको ढुङ्गासहित तयार गरिएको छ । शुक्रबारको कार्यक्रममा कीर्तिमानी पर्वतारोही फुन्जु जाङ्मी, मिङ्मा ग्याल्जे शेर्पा र मिङ्मा डेबिट शेर्पाले ट्रफी सार्वजनिक गरेका थिए ।

एनपिएल दोस्रो संस्करण पुस १ देखि २७ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?