भवितव्य दुर्घटनालाई लिएर महाधिवेशन भाँड्ने प्रयास भयो : प्रधानमन्त्री ओली

लोकपथ
5.7k
Shares

ललितपुर । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरमा भएको सडक दुर्घटनामा घाइते बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने बताएका छन् ।

गोदावरीस्थित सनराईज सभाहलमा जारी विधान महाधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष ओलीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै भने, ‘सामान्य रूपमा एक बच्चीलाई गाडीले छोयो, कुनै नियत थिएन । अस्पताल लगिसकिएको छ । पार्टीले सम्पूर्ण उपचार खर्च बेहोर्छ । कहिलेकाहीँ यस्ता अप्रिय घटना हुन्छन् ।’

उनले बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटना भवितव्य भएको बताए । दुर्घटनालाई लिएर कसैले महाधिवेशन भाँड्ने गरी राजनीति गर्न खोजेकोप्रति ओलीले दुःख व्यक्त गरे । ‘क्षति ठूलो भएको छैन । हामी पनि दुःखी छौँ र बच्चीको स्वास्थ्य लाभको कामना गर्दछौँ,’ उनले थपे ।

यस्तै महाधिवेशनको बन्दशत्रमा निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन पेस भइरहेका छन् । हाल निर्वाचन आयोगका संयोजक डा.विजय सुब्बाले प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । प्रतिवेदन पेस भइसकेपछि प्रतिनिधिहरू १० समूहमा विभाजन भई छलफल गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?