ट्रम्पले अमेरिकाको रक्षा विभागको नाम फेरेर युद्ध विभाग राख्ने

लोकपथ
63
Shares

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा विभागलाई पुनः ‘युद्ध विभाग’ नाममा फर्काउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यसअघि यो नाम १९४० को दशकको अन्त्यसम्म प्रयोगमा थियो ।

ह्वाइट हाउसले सार्वजनिक गरेको तथ्यपत्रकअनुसार अबदेखि रक्षा विभाग, रक्षा सचिव र मातहतका अधिकारीहरूले आधिकारिक पत्राचार र सार्वजनिक सञ्चारमा ‘युद्ध विभाग’, ‘युद्ध सचिव’ र ‘युद्ध उपसचिव’ जस्ता शीर्षक प्रयोग गर्न सक्नेछन् ।

साथै, आदेशले पेन्टागन प्रमुख पिट हेगसेथलाई नाम परिवर्तनलाई स्थायी बनाउन आवश्यक विधायी तथा कार्यकारी कार्यहरूको सिफारिस गर्न निर्देशन दिएको छ ।

तर, पूर्ण कानुनी परिवर्तनका लागि अझै पनि संसद्को स्वीकृति आवश्यक हुने जनाइएको छ । सन् १७८९ मा स्थापना भएको युद्ध विभाग १९४० को दशकको अन्त्यमा समायोजन भएर रक्षा विभाग बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?