काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले गरेका राम्रा कामहरू पनि जनतासमक्ष पुर्याउन आग्रह गरेका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औँ वार्षिक साधारण सभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सेजनसँग मन्त्री तथा नेताहरूलाई ल्याएर आफ्ना विचार प्रस्तुत गराउने हैसियत रहेको उल्लेख गर्दै देशको अर्थतन्त्रको विकासमा निरन्तर सहयोग गर्दै आएकोमा प्रशंसा गरे ।
पौडेलले भने, ‘सामान्यतया मान्छेलाई आलोचना भन्दा प्रशंसा सुन्न मन लाग्छ । तर अहिलेको सरकारले आलोचना पनि सुन्ने ल्याकत राखेको छ । त्यसैगरी, सरकारले गरेका राम्रा कामहरू देख्नुभयो भने त्यसलाई पनि जनतासामु संप्रेषित गरिदिनुस् ।’
उनले सरकारका कमजोरी वा त्रुटिको आलोचना स्वाभाविक भएको तर उपलब्धिहरूलाई पनि जनतासमक्ष पुर्याउन आवश्यक रहेको उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया