कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित जुत्ता चप्पलको गोदाममा गए राति भीषण आगलागी हुँदा करिब ७० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहका अनुसार शनिबार बिहान २ः४० बजे टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्स मा अचानक आगलागी भएको हो ।
दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिन सफल भए पनि गोदामभित्र रहेका सम्पूर्ण जुत्ता र चप्पल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
गोदाम लम्की निवासी कल्पना जैशीले सञ्चालन गर्दै आएकी थिइन्। मानवीय क्षति भने नभएको प्रहरीले स्पष्ट पारेको छ ।
आगलागीको कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया