ललितपुर । नेकपा (एमाले) दोस्रो विधान महाधिवेशन दोस्रो दिनको बन्दशत्र एक घण्टा ढिलो सुरु भएको छ ।
हरिसिद्धि घुम्तीमा महाधिवेशनमा सहभागी एक प्रतिनिधिको गाडीले बालिकालाई ठक्कर दिएपछि बाटो अवरुद्ध हुँदा कार्यक्रम ढिला भएको हो ।
दुर्घटनापछि बालिकालाई उपचारका लागि अस्पताल पठाइएको छ । सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए । उनले बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटना भवितव्य भएको बताए ।
‘सामान्य रूपमा एक बच्चीलाई गाडीले छोयो, अस्पताल लगिसकियो । कुनै नियत थिएन । पार्टीले उपचार खर्च बेहोर्छ । घट्नाप्रति दुःख व्यक्त गर्दछु । यस्ता अप्रिय घटना कहिलेकाहीँ भइदिन्छन्,’ अध्यक्ष ओलीले भने ।
दुर्घटनालाई लिएर कसैले महाधिवेशन भाँड्ने गरी राजनीति गर्न खोजेकोप्रति ओलीले दुःख व्यक्त गरे । ‘क्षति ठूलो भएको छैन । हामी पनि दुःखी छौँ र बच्चीको स्वास्थ्य लाभको कामना गर्दछौँ,’ उनले थपे ।
यसअघि शुक्रबार अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन र सल्लाहकार परिषद्का संयोजक अमृत बोहोराको प्रतिवेदन पेस भइसकेका छन् ।
बन्दशत्रमा अब निर्वाचन आयोगका संयोजक डा.विजय सुब्बाले प्रतिवेदन प्रस्तुत गर्दै छन् । त्यसपछि निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदनमाथि १० समूहमा छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया