एमालेको काँधमा देश विकास गर्ने ठूलो जिम्मेवारी छ, म तपाईंहरुकै साथमा छु : विद्या भण्डारी

लोकपथ
518
Shares

काठमाडौं ।  पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ले आफूले पठाएको पत्र अध्ययन गरी उपयुक्त सुझाव दिन पार्टीका सदस्यहरूसँग आग्रह गरेकी छन् ।

शुक्रबार ललितपुरको गोदावरीमा सुरु भएको दोस्रो विधान महाधिवेशन मा सहभागी हुन उनलाई वञ्चित गराइएको थियो । सम्बन्धित भिडियो सन्देशमार्फत भण्डारीले प्रतिनिधिहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै आफ्नो पत्र अध्ययन गरेर सुझाव दिन अनुरोध गरेकी हुन् ।

नेकपा एमालेको सचिवालय बैठक ले पार्टी सदस्य नभएका व्यक्तिलाई विधान अधिवेशनमा सहभागी हुन नपाउने निर्णय गरेको थियो । 

बिहीबार साँझ बसेको बैठकले पार्टी सदस्यता दिने वा नदिने अधिकार केन्द्रीय कमिटीको क्षेत्राधिकारमा पर्ने र पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नभएको अवस्थामा उनको विषय अधिवेशन एजेन्डामा राख्न नहुने स्पष्ट पारेको थियो । 

भण्डारीले भिडियो सन्देशमा भनिन्,‘ एमाले र उनका उद्देश्य एउटै भएकाले सबैले मिलेर समृद्ध नेपाल, सुखी नेपाली को लक्ष्य पूरा गर्नुपर्नेछ ।’ 

साथै, विधान महाधिवेशनमा उपस्थित सदस्यहरूको उपयुक्त सुझाव र सल्लाह पाउने आशा व्यक्त गर्दै उनले पार्टीको काँधमा रहेको देश विकासको ठूलो जिम्मेवारी पूरा गर्न भावनात्मक र सांगठनिक रूपमा एकसाथ अघि बढ्न सुझाव दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?