सञ्चार मन्त्रालयमा दर्ता भयो हाम्रो पात्रो

लोकपथ
693
Shares

काठमाडौं । सामाजिक सञ्जालहरूको सूचीमा ‘हाम्रो पात्रो’ पनि सूचीकृत भएको छ । 

शुक्रबार सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा एप्स सूचीकृत गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

यसअघि सरकारले विभिन्न २६ वटा सामाजिक सञ्जाल सूचीकृत नभएको भन्दै बन्द गर्ने निर्णय गरेको थियो । सो निर्णयअनुसार धेरै प्रयोग हुने फेसबुक समेत हिजोदेखि केही इन्टरनेट सेवा प्रदायकहरूले बन्द गर्न थालेका छन् ।

सरकारको यस कदमलाई लिएर सर्वसाधारण र सरोकारवालाबीच फरक–फरक प्रतिक्रिया आएका छन् ।

कतिपयले यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको अतिक्रमण भन्दै विरोध जनाइरहेका छन् भने केहीले नियमन आवश्यक भएको भन्दै स्वागत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?