इजरायली हवाई आक्रमणमा १४ प्यालेस्टिनीको मृत्यु

लोकपथ
98
Shares

गाजा । इजरायली कब्जा बलहरूले गाजा सहरका आवासीय भवन र विस्थापित शिविरमा आक्रमण गर्दा कम्तीमा १४ जना प्यालेस्टिनीको ज्यान गएको छ । आक्रमणमा दर्जनौँ घाइते भएका छन् ।

चिकित्सा स्रोतहरूका अनुसार गाजास्थित एक आवासीय अपार्टमेन्टमा लडाकु विमानले बम प्रहार गर्दा तीन जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन् ।

यसैबिच, रामल्लामा विस्थापित प्यालेस्टिनी शिविरमा इजरायली सेनाले गरेको गोलाबारीमा तीन जनाको मृत्यु भएको छ ।

गाजा सहरकै अर्को आवासीय भवनमा भएको हवाई आक्रमणमा एक जनाको ज्यान गएको छ भने अन्य केही घाइते भएका छन् ।

दक्षिण गाजास्थित ताल अल हवा र साब्रा क्षेत्रमा भएको आक्रमणमा थप पाँच जना मारिएका छन् । त्यस्तै, पश्चिमी गाजास्थित विस्थापित शिविरमा इजरायली ड्रोनले गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले हाल गाजा कब्जा गर्ने उद्देश्यसहित अभियानको दोस्रो चरण सुरु गरेको घोषणा गरेको छ र आक्रमण तीव्र बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?