लोकेन्द्रबहादुर चन्दको योगदान अविस्मरणीय : कमल थापा

लोकपथ
175
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको योगदान नेपाली राजनीति र जनताप्रतिको समर्पणको अविस्मरणीय उदाहरण भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित चन्दद्वारा लिखित ‘बदलिँदो समयचक्र’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै थापाले २०४६ सालको राजनीतिक अन्योलपछि चन्दको नेतृत्वले मुलुकलाई महत्त्वपूर्ण दिशा दिएको दाबी गरे ।

उनले पूर्वपञ्चहरुलाई संगठित गरेर राप्रपा स्थापना र सञ्चालनमा चन्दको निर्णायक भूमिका रहेको उल्लेख गर्दै भने, ‘प्रधानमन्त्रीको रुपमा लोकेन्द्रबहादुर चन्दले देश र जनताको सर्वोपरी हितका निमित्त गर्नुभएका कार्य सदैव अविस्मरणीय रहनेछन् । हरेक राजनीतिक परिवर्तनमा उहाँले जनता र मुलुकलाई केन्द्रबिन्दुमा राखेर ठुलो योगदान पुर्‍याउनुभएको छ ।

थापाले आफूलाई जन्म दिनेहरुलाई ओझेलमा पारेर अपमान गर्नु कसैको हितमा नहुने भन्दै यसतर्फ सबै सचेत रहनुपर्ने आवश्यकतामा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?