काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल कम्पनी सूचीकरणबारे जिज्ञासा राख्दै मेटा र युट्युबलाई पत्र पठाएको छ ।
सहमहामन्त्री विपिन आचार्यद्वारा हस्ताक्षरित पत्रमार्फत नेपाल सरकार र सामाजिक सञ्जाल कम्पनीबिच दर्ता तथा सूचीकरणको विषयमा औपचारिक संवाद सुरु गर्न पहल गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
रास्वपाले मेटासँग नेपालमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप दर्ता प्रक्रियामा देखिएका कानुनी चुनौतीबारे जानकारी मागेको छ । यससँगै गुगलसँग समेत युट्युबसम्बन्धी स्पष्टता मागिएको पार्टीले जनाएको छ ।
यस्तै, सरकारले नेपालमा सूचीकरण नभएका २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिनुपर्ने माग रास्वपाले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया