गोदावरीमा बाँडियो विद्या भण्डारीको सन्देश पत्र

लोकपथ
679
Shares

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा आजबाट सुरु भएको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशन उद्घाटन गरे । ओलीले आफ्नो राजनीतिक प्रतिवेदन समेत प्रस्तुत गरेका छन् ।

यता नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको शक्ति जाँच गर्ने अवसरका रुपमा समेत विधान महाधिवेशनलाई हेरिएको छ ।

कतिपय पदाधिकारीहरुले पार्टीमा विद्याको सक्रियता गर्न नदिने एमालेको निर्णयविरुद्ध फरक मत समेत राख्दैछन् ।

सोही अवसरमा एमाले पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले आफ्नो हस्ताक्षरमा विधान महाधिवेशनका प्रतिनिधिहरुलाई पत्र पठाएकी छन् । उनले आफूलाई पार्टीमा सक्रिय हुन नदिने एमालेको निर्णयप्रति आपत्ति जनाउँदै प्रतिनिधिहरुलाई पत्र पठाएकी हुन् । सोही पत्र भण्डारी पक्षले विधान महाधिवेशन स्थल गोदावरीमा वितरण गरेका छन् । आएका सबैलाई भण्डारी पक्षले बाँडेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?