हिरो मोटोकर्पद्वारा ‘हाम्रो परम्परा’ फेस्टिभ स्किम सार्वजनिक

लोकपथ
35
Shares

काठमाडौं । नेपालमा दुई पाङ्ग्रे बजारमा विश्वासिलो ब्राण्ड हिरो मोटोकर्पले ‘हाम्रो परम्परा २०८२’ नामक नयाँ स्किम सार्वजनिक गरेको छ । यो स्किम विशेष गरी दसैँ, दीपावली र छठ पर्वलाई लक्षित गरिएको हो ।

यस स्किमअन्तर्गत ग्राहकहरूले स्योरसट डिजिटल स्क्रास्चमार्फत ८ हजारदेखि ५ लाख रुपैयाँसम्म क्यास डिस्काउन्ट पाउन सक्नेछन् । 

साथै, एक्सचेन्जमा स्योरसट डिजिटल स्क्रास्चमा ८ हजार र थप २०८२ रुपैयाँ रकम थपेर न्यूनतम १०,०८२ देखि १ लाख रुपैयाँसम्म क्यास डिस्काउन्ट पाउने सुविधा पनि उपलब्ध छ । फाइनान्स गर्दा कुनै सर्भिस चार्ज लाग्ने छैन ।

यसैबिच, कम्पनीले हालै नाडा अटो शोमा आफ्नो नयाँ उत्पादन जुम १२५ पनि सार्वजनिक गरेको छ । जुम १२५ आकर्षक डिजाइन, १४ इन्च रिम, ०-६० किमी गति ७.६ सेकेन्डमा पुग्ने क्षमता र प्युल लिड वजरजस्ता सुविधासहित आएको कम्पनीले जनाएको छ ।

हिरो मोटोकर्पले आफ्ना ग्राहकको विश्वास र मागलाई ध्यानमा राख्दै नयाँ ब्राण्ड र उत्पादनहरू क्रमिक रूपमा बजारमा ल्याउने योजना बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?