काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कला, संस्कृति र सम्पदाको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन लागि सरकार मात्र नभई निजी क्षेत्र र आम नागरिक सबैको साझा दायित्व रहेको बताएका छन् ।
शुक्रबार नेपाल कला तथा संस्कृति महोत्सवको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले लोकतान्त्रिक शासन प्रणालीमा सबै वर्ग, क्षेत्र र पेसाले समान अवसर पाउने उल्लेख गर्दै सम्पदा संरक्षणमा चनाखो हुन सम्पदाप्रेमीहरुलाई आग्रह गरे ।
राष्ट्रपतिले महोत्सव आयोजना हुनु सकारात्मक पहल भएको उल्लेख गर्दै भने, ‘देशका विभिन्न क्षेत्रका संस्कृति, धरोहर, सम्पदा तथा गतिविधिको अध्ययन र अनुसन्धान विश्वसामु चिनाउने यस्ता कार्यक्रमले नेपालका हिमालदेखि सांस्कृतिक धरोहरसम्मका कथा विश्वसामु पुर्याउने विश्वास छ ।’
उनले लोकतान्त्रिक व्यवस्थामा सबै वर्ग, क्षेत्र र जातिको उन्नति र प्रगतिको समान अवसर प्राप्त हुनेमा पनि विश्वास व्यक्त गर्दै, भाषा, कला र संस्कृतिको विकासतर्फ सरोकारवालाहरूको ध्यान जान जरुरी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया