सुनको मूल्यमा नयाँ रेकर्ड : तोलामा २५ सय बढ्यो

लोकपथ
441
Shares

काठमाडौं । नेपाली बजारमा सुन–चाँदीको मूल्यमा आज (शुक्रबार) पनि नयाँ  कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो ।

अघिल्लो दिन अर्थात् बिहीबार सुन प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आजको तुलनामा त्यसमा २५ सय रुपैयाँले वृद्धि भएको हो । लगातारको मूल्य वृद्धीसँगै सुनले नयाँ कीर्तिमान कायम गरेको हो ।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बिहीबार प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २ हजार ४९० रुपैयाँ पुगेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?