काठमाडौं । इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्ड लिंकले सरकारको आग्रहअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरिएको जनाएको छ ।
वर्ल्ड लिंकले आज शुक्रबार बिहान एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निर्देशनबमोजिम नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू स बन्द गरिएको जनाएको हो ।
‘नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० अनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु नियमन गर्नका लागि हाम्रो कम्पनीलाई निर्देशन प्राप्त भएको छ,’ वर्ल्ड लिंकले जारी गरेको सूचनामा भनिएको छ,’ यसअनुसार वर्ल्ड लिंकको इन्टरनेट सेवामार्फत नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु अब प्रयोग गर्न नसकिने जानकारी गराउँछौँ ।’
यसबाट पाठक वर्गमा परेको असुविधाप्रति वर्ल्ड लिंकले क्षमायाचना गरेको छ ।

यसअघि नेपाल टेलिकम र एनसेलले पनि बन्द गर्ने सूचना जारी गरेको थियो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बिहीबार बसेको बैठकले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो ।
सरकारले सामाजिक सञ्जाल प्लाटफर्महरूलाई सात दिनभित्र अनिवार्य रूपमा सूचीकृत हुन दिएको समयसीमा बुधबार राति १२ बजेपछि सकिएपछि सरकारले सो कलम चालेको हो ।
नेपालमा अहिलेसम्म टिकटक, भाइबर, विटक, निम्बज र पप–अप सूचीकृत भएका छन् । सबैले सम्पर्क व्यक्ति, गुनासो सुन्ने अधिकारी तोकेका छन् ।
तर मेटा, अल्फाबेट, एक्स, रेडिट, लिंक्डइनजस्ता ठूला प्लाटफर्म दर्ता प्रक्रियाका लागि मन्त्रालयको सम्पर्कमा आएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया