काठमाडौं । अष्ट्रेलियाका चर्चित ब्याट्सम्यान क्रिस लिन नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।
सुदूरपश्चिम रोयल्सले शुक्रबार सामाजिक सञ्जालमार्फत लिनलाई विदेशी खेलाडीको रूपमा टोलीमा भित्र्याएको जानकारी दिएको हो ।
सन् २०१४ देखि २०१८ सम्म अष्ट्रेलियाको राष्ट्रिय टोलीका लागि खेलेका लिनले १८ खेलको १६ इनिङमा २९१ रन बनाएका छन् । उनीसँग इन्डियन प्रिमियर लिग (आइपीएल), बिगै ब्यास लिग (बिबिएल), पाकिस्तान सुपर लिग (पिएसएल) लगायत विश्वका प्रतिष्ठित फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा खेलेको लामो अनुभव छ ।
एनपीएलको पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्स उपविजेता बनेको थियो । दोस्रो संस्करणमा लिनको उपस्थितिले टोलीलाई बल थप्ने विश्वास गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया