ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

लोकपथ
0
Shares

काठमाडौं । कमलामाई नगरपालिका–९ बेथाचौडी नजिक आज (शुक्रबार) बिहान ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बागमती प्रदेश–०१–००६८–९६४४ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ४६ वर्षीय भुवन भुजेल गम्भीर घाइते भएका थिए । उपचारका क्रममा बिहान ७ बजे उनको मृत्यु भएको हो ।

घटनामा ६४ वर्षीय टेकप्रसाद दाहाल घाइते भएका छन् । टाउको र छातीमा चोट लागेका उनलाई बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

 विराटनगरबाट  काठमाडौं तर्फ गइरहेको ट्रक अनियन्त्रित भई सडक किनारको लोकनाथ गौतमको घरमा आडिँदै कोल्टे परेको छ । घरभित्रका मानिस सुरक्षित रहे पनि घरको गारोले थिचिँदा २० वटा कुखुरा मरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?