काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ ।
जसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमामा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो पनि देशभर सामान्यतया बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिमसहित पहाडी भूभागका केही स्थान र तराईका थोरै भागमा मध्यम वर्षा हुने अनुमान छ ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । साथै, कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया