आलोचना खेप्न नसकेर सरकारले सामाजिक सञ्जाल बन्द गर्न खोज्यो : डा. शेखर कोइराला

लोकपथ
4.1k
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

उनले सरकारले जनचाहना र आफ्नै प्रतिबद्धता अनुरुप काम गर्न नसकेपछि आलोचना खोप्न नसकेर सामाजिक सञ्जाल बन्द गर्न लागेको टिप्पणी गरेका हुन् ।

उनले बिहीबार साँझ सामाजिक सञ्जालमा लेख्दै सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जालमाथि बन्देज लगाउन खोज्नु आपत्तिजनक रहेको बताए ।

‘जनचाहाना र आफ्नै प्रतिवद्धता अनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘यस निर्णयका कारण कति नेपालीको रोजिरोटी समेत खोसिन्छ, यो सरकारले अन्दाज लगाउन सक्छ ? यस्तो कदम तुरुन्त सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित गर्ने गरी नियमन गर्न म आग्रह गर्न चाहन्छु ।’

सरकारले दर्ता प्रक्रियामा नआएका विभिन्न २६ सामाजिक सञ्जाल प्लेटफर्महरुलाई बन्द गर्न निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणलाई दिएको निर्देशन अनुसार प्राधिकरणले समेत इन्टरनेट सेवा प्रदायकहरुलाई पत्र पठाउँदै बन्द गर्न भनेको हो । यद्यपि मेटा नेपालमा दर्ताका लागि सम्पर्कमा आएको छ । तर सरकारले औपचारिक पत्र नआइ नमान्ने सञ्चार मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?