काठमाडौं । चलचित्र ‘रिमै’को प्रिमियर एक विशेष कार्यक्रमबिच सम्पन्न भएको छ ।
काठमाडौंमा शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको यो चलचित्रमा मुख्य भूमिकामा दयाहाङ राई र रिश्मा गुरुङ रहेका छन् ।
प्रिमियर कार्यक्रममा गुरुङ समुदायको सांस्कृतिक झाँकी र सोरठी नाचसमेत प्रस्तुत गरिएको थियो ।
अभिनेता दयाहाङ राईले चलचित्र नेपालको कुनै एउटा भेगको गुरुङ समुदायको संस्कारमाथि आधारित भएको बताए । उनले भने कि चलचित्रमा गुरुङ समुदायको भूमिकामा न्याय गर्न प्रयास गरे पनि पूरै न्याय गर्न नसकेकोमा माफी माग्छु ।
चलचित्र ‘रिमै’को निर्देशन खिलबहादुर गुरुङले गरेका हुन् । यसको पटकथा कवि तथा निर्देशक उपेन्द्र सुब्बाले लेखेका हुन् भने छायांकन शैलेन्द्रध्वज कार्कीले गरेका हुन् ।
चलचित्रमा दयाहाङ राई र रिश्मा गुरुङसँगै अर्पण थापा, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङलगायतको अभिनय देख्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया