काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीभित्र देखिएको स्वार्थसमूहलाई तत्काल रोक्नुपर्ने चेतावनी दिएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले यस्तो चेतावनी दिँदै रोक्न नसके अनुशासनात्मक कारबाही गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता सापकोटाले पार्टीभित्र गुट उपगुटलाई अन्त्य गर्ने र निरन्तरता पाए अनुशासनको दायरामा ल्याउने निर्णय भएको बताए । उनका अनुसार बैठकले पार्टीको मध्य पहाडी लोक मार्ग अभियान, महिला सम्मेलन लगायतका विषयमा पनि छलफल गरेको छ ।
सो अवसरमा उनले सरकारले सामाजिक सञ्जाल बन्द गरेर नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप लगाए । सापकोटाले भने, ‘सामाजिक सञ्जाल नियन्त्रण गर्नुपर्ने भए पनि सरकारले अभिव्यक्ति स्वतन्त्रता नै रोक्ने प्रयास गरेको जस्तो देखिन्छ । यसबारे पार्टीले गम्भीरतापूर्वक अध्ययन गरिरहेको छ र चाँडै धारणा सार्वजनिक गर्नेछ ।’
उनले सरकारले जनताको माग सम्बोधन नगरेको, सुशासनमा कमजोरी देखिएको र भ्रष्टाचार बढ्दै गएको पनि आरोप लगाए । बैठकमा स्थायी कमिटीले गरेका निर्णयहरूको समीक्षा, अनुगमन समितिहरू बनाउने विषय र आगामी रणनीतिक मुद्दामा पार्टीलाई अघि बढाउने विषयमा छलफल भएको जानकारी प्रवक्ता सापकोटाले दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया